“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
Cross references
“दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनू। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।
यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।
यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।
त्यो मानिस आएर तिमीहरूलाई लगेर जानेछ। तिमीहरूलाई भयानक दण्ड हुनेछ। तिमीहरूकहाँ दण्ड बिहानै आउनेछ अनि राती सम्म रहिरनेछ।
परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ
हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
किन हामी यहाँ बसिरहेका छौ? आऊ, हामी बलिया शहरहरूमा जाँऊ। त्यहाँ हामी मृत्यु वरण गरूँ कारण परमेश्वर हाम्रा परमप्रभुले हामीलाई सडनु भनी आदेश दिनु भएकोछ। हामीले परमप्रभुको विरूद्ध पाप गरेकाछौं, यसकारण परमेश्वरले हामीलाई विष मिसाएको पानी पिउँनु दिनुभएको छ।
के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
“यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन।
तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
“हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्।
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे।
के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भनेत्यो परमप्रभुद्वारा पठाइएको हो।
यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?