सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
Cross references
तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो।
म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”
करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।
दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेटा थिए। पखेटा पाँच हात लामा थिए। एउटा पखेटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए।
तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।
करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।
जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”
तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।
तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।
एक दिन स्वर्गदूतहरूपरमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतानपनि थियो।
हेर, परमेश्वरले आफ्नैं स्वर्गीय सेनाहरूमाथि पनि भरोसा राख्न सक्नुहुन्न। परमेश्वरले आफ्ना स्वर्ग दूतहरूका समस्याहरू देख्नुहुन्छ।
परमेश्वरले आफ्ना दूतहरूसम्मलाई विश्वास गर्नुहुन्न? परमेश्वरसंग तुलना गर्दा स्वर्गसम्म निर्दोष छैन।
परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
पवित्र जनहरूको सभामा परमेश्वरको भय साह्रै मानिएको छ। उहाँको वरिपरि हुनेहरूमध्ये उहाँ धेरै विस्मयकर हुनुहुन्छ।
हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतासजस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातुझैं केही देखिन्थ्यो।
तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेटाहरू थिए।
पंखेटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिंडथे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।
प्राणीहरूको पखेटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो।
जब-जब त्यो प्राणीहरू हिँड्थ्यो, त्यसको पखेटाको ध्वनि बडो तेजसँगआउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोडथे त्यति बेला आफ्नो पखेटा तल झर्थ्यो।
तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।
प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।
“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।
जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, सांझको बलिदानको समयमा चाँडो गरी उडदै मेरो छेउमा आए।
त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।
स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ,“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतासजस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”
यी प्रत्येक चार सजीव बस्तुहरुका छ वटा पखेटाहरु थिए। यी सजीव बस्तुहरुका शरीर भरि, भित्र अनि बाहिर आँखाहरुले भरिएका थिए। तिनीहरु यसो भनिरहन दिन रात रोकिएनन्“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व शक्तिवान छन्। उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”
अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।
जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरुलाई जो पृथ्वीमा बस्छन्, तिनीहरुलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरुले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!