तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेटाहरू थिए।
Cross references
करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।
दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेटा थिए। पखेटा पाँच हात लामा थिए। एउटा पखेटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए।
सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
तिनीहरूको पखेटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पंखेटाहरू थियो।
जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो।
त्यहाँ चारवटा पाङ्ग्राहरू थिए अनि सबै पाङ्ग्राहरू एक समानका थिए। त्यो यस्तो देखिन्थ्यो कि मानौं एउटा पाङ्ग्रा अर्को पाङ्ग्राभित्र थियो।
प्रत्येक करूब स्वर्गदूतको चारवटा अनुहारहरू थिए। पहिलो अनुहार करूबको थियो। दोस्रो अनुहार मानिसको थियो। तेस्रो अनुहार सिंहको थियो अनि चौथो गरूडको थियो।
प्रत्येक प्राणीको चारवटा मुख औ चारवटा पंखेटा थिए। पंखेटाको तल यस्तो चीज थियो जुन चीज मानिसको हात जस्तो देखिन्थ्यो।
पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रोे गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड जस्तो थियो।