Home Bibles ☰ Books 1 राजा 6:27 · नेपाली बाइबल
1 राजा 6:27 · नेपाली बाइबल

तिनीहरूको पखेटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।

Cross references

प्रस्थान 25:20

करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

प्रस्थान 37:9

करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।

1 राजा 8:6

तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

1 राजा 8:7

करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।

2 इतिहास 3:11

करूब स्वर्गदूतका प्रत्येकका पंखेटा पाँच हात लामा थिए। पंखेटाहरूको मोठ लमाइ बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पंखेटा छोएको थियो।

2 इतिहास 5:8

करूब स्वर्गदूतहरूले तिनीहरूका पंखेटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।

Interlinear

Choose Theme