जब म हेर्दै थिँए मैले माथि आकाशमा गरुड उडिरहेको आवाज सुनें। त्यो गरुडले ठूलो स्वरमा भन्यो, “कष्ट, कष्ट, मानिसहरुलाई जो पृथ्वीमा बस्छन्, तिनीहरुलाई कष्ट, कष्ट होस्। त्यो कष्ट बाँकी रहेका अन्य तीन स्वर्गदूतहरुले तुरही बजाएको आवाज सुने पछि शुरु हुनेछ।”
Cross references
हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दुखका गीत, कथाहरू अनि चेताउनीहरू थिए।
सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।
पाँचौ स्वर्गदूतले आफ्नो तुरही बजायो। तब मैले आकाशबाट एउटा तारालाई पृथ्वीमा झर्दै गरेको देखें। त्यो तारालाई गहिरो प्वालको चाबी दिइयो जुन प्वाल अतुलनीय खाल्डातिर जान्छ।
पहिलो महाकष्ट पार भयो। अझ दुइ अन्य महाविपतहरु आउनेछ।
दोस्रो विपत्ती पूर्ण भयो। तेस्रो विपत्ती चाँडै आइरहेछ।सातौं तुरही
मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।
तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!
त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।