Home Bibles ☰ Books दानियल 11:45 · नेपाली बाइबल
दानियल 11:45 · नेपाली बाइबल

उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।”‘

Cross references

गन्ती 34:5

सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।

भजनसंग्रह 48:2

परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

यशैया 2:2

अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।

यशैया 10:12

मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

यशैया 14:13

तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।

इजकिएल 38:22

म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।

इजकिएल 39:2

म तिमीलाई समातेर फर्काई ल्याउँछ। म तिमीलाई उत्तरको डाडाँबाट ल्याउँछु। म तिमीलाई इस्राएलको पर्वतहरूको विरूद्ध युद्ध गर्नका निम्ति ल्याउँछु।

दानियल 2:35

त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढदै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।

दानियल 7:26

“‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ।

दानियल 8:25

“त्यसको मन निरन्तर क्रियाशील रहनेछ, र आफूले रचेको चतुर षड्यन्त्रमा त्यो सफल हुनेछ। त्यसले ठूला ठूला युक्तिहरू रच्नेछ। तिनीहरूले नचिताएको समयमा त्यसले तिनीहरूमाथि धेरै विध्वंश ल्याउनेछ। त्यसले प्रधानहरूका प्रधानलाई पनि धाक दिनेछ तर कुनै मानिसको हात विनानै त्यो ढल्नेछ।

दानियल 11:16

“‘शत्रुहरूले यसरी तिनीहरूलाई जे मनपर्छ त्यही गर्नेछन्। तिनको विरोधमा कोही पनि उठ्न सक्नेछैन। तिनले मनोरम जग्गामा नियन्त्रण गर्ने शक्ति प्राप्त गर्नेछन्।

दानियल 11:41

फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्।

योएल 2:20

त्यहाँ आएका उत्तरवासीहरुलाईतिमीहरुको देशबाट हटाइदिनेछु। उनिहरुलाई बाँझो र उजाड देशमा पठाइदिनेछु, त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु, अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु। उनीहरुले यस्तो घृणित कर्म गरेका छन्, उनीहरुसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरुको नराम्रो गन्ध उँभो जानेछ। तिनीहरुले धेरै घिनलाग्दा कामहरु गरेका छन्।

Interlinear

Choose Theme