Home Bibles मत्ती 12:33 · नेपाली बाइबल
मत्ती 12:33 · नेपाली बाइबल

“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्ष नै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ।

Cross references

इजकिएल 18:31

म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!”

आमोस 5:15

खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।

मत्ती 3:8

तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।

मत्ती 7:16

तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुंदैनन्।

मत्ती 23:26

ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

लूका 3:9

रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”

लूका 6:43

एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन।

लूका 11:39

यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।

यूहन्ना 15:4

मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अर्न्तनिहित भएको हुनै पर्छ। तिमीहरूसंग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।

याकूब 3:12

मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गुरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो उद्गमले मिठो पानी दिन सक्छ।

याकूब 4:8

परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

Interlinear

Choose Theme