Home Bibles यशैया 46:11 · नेपाली बाइबल
यशैया 46:11 · नेपाली बाइबल

अनि म मानिसलाई पूर्वबाट बोलाइरहेछु। त्यो मानिस चील जस्तै हुनेछ। उ धेरै टाढा देशबाट आउने छ, म ती कुराहरू गर्ने निर्णय गर्छु। म तिमीलाई भनिरहेछु कि म यो गर्ने छु अनि म गर्ने नै छु। मैले उसलाई बनाएँ र उसलाई ल्याउनेछु।

Cross references

गन्ती 23:19

परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

एज्रा 1:2

“फारसका राजा कोरेस यो भन्नुहुन्छःपरमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ।

अय्यूब 23:13

तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।

भजनसंग्रह 76:10

हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।

भजनसंग्रह 119:24

तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।

यशैया 10:12

मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

यशैया 13:2

“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”

यशैया 14:24

सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।

यशैया 14:27

जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।

यशैया 21:7

यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”

यशैया 25:1

हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।

यशैया 38:15

के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा थिदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।

यशैया 41:2

निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिंड्दछ। उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।

यशैया 41:25

“मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु। उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ। उसले मेरो आराधना गर्छ। एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिडँछ। त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।”

यशैया 44:28

परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘

यशैया 45:13

मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस। अनि मैले उसको कामहरू सहज पारिदिए। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ। कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्। मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्। मानिसहरू स्वतन्त्र हुनेछन् अनि मेरो लागि त्यसको मूल्य केही पनि होइन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

यशैया 48:14

“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।

यर्मिया 50:29

काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।

यर्मिया 50:44

परमप्रभु भन्नुहुन्छ, “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही यर्दन नदी छेऊको घना जंगलबाट बाहिर निस्कन्छ। म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु। म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु। म जस्तो को छ? मलाई कसले बोलाउन सक्छ। गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”

यर्मिया 50:45

बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।

यर्मिया 51:20

परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।

इजकिएल 39:4

तिमी इस्राएलको पर्वतमा मारिनेछौ। तिमी तिम्रो सैनिक समूह अनि तिमीसित भएको अरू सबै राष्ट्रहरू युद्धमा मारिनेछन्। म तिमीलाई हरेक किसिमको पक्षीहरू, जुन मांसहारी छन्, तथा सबै जंगली पशुहरूको भोजनको रूपमा दिन्छु।

प्रेरित 4:28

यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए।

प्रेरित 5:39

तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।”गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।

एफिसी 1:11

परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।

एफिसी 3:11

युगौं अघि परमेश्वरले बनाउनु भएको योजना अनुसार यो गरिएकोछ। आफूले योजना गरेकै अनुरूप उहाँले यो गर्नुभयो। उहाँले यो हाम्रा प्रभु ख्रीष्ट येशू मार्फत गर्नुभयो।

Interlinear

Choose Theme