Home Bibles यशैया 2:11 · नेपाली बाइबल
यशैया 2:11 · नेपाली बाइबल

घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।

Cross references

अय्यूब 40:10

यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।

भजनसंग्रह 18:27

हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

भजनसंग्रह 18:28

हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!

भजनसंग्रह 46:11

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 94:2

तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।

हितोपदेश 16:5

जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।

यशैया 2:17

तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।

यशैया 4:1

त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौ। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौ। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौ यदि तिमी हामीहरूसंग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।”

यशैया 5:15

ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्।

यशैया 5:16

सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।

यशैया 10:12

मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।

यशैया 11:10

त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

यशैया 12:1

त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”

यशैया 12:4

त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”

यशैया 13:11

परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।

यशैया 14:15

तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मनि ल्याइयौ पातालमा-मृत्युको ठाउँमा।

यशैया 23:9

उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।

यशैया 24:21

त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।

यशैया 25:9

त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”

यशैया 26:1

त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछनपरमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।

यशैया 27:1

त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ। लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ। उहाँले आफ्नो बलियो अनि शक्तिशाली तरवारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ। परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।

यशैया 27:12

त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।

यशैया 28:5

त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 30:23

त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।

यशैया 37:23

तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।

यशैया 40:23

उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।

यशैया 52:6

परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”

यर्मिया 9:24

तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”

यर्मिया 12:9

मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।

यर्मिया 30:7

हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।

यर्मिया 50:31

“बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।

इजकिएल 38:14

परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! मेरा निम्ति गोगलाई भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘तिमी हाम्रो मानिसहरूलाई आक्रमण गर्नु आउँनेछौ। जब कि उनीहरू शान्तिपूर्वक अनि सुरक्षित बसिरहेका छन्।

इजकिएल 38:19

क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ।

इजकिएल 39:11

परमेश्वरले भन्नुभयो, “त्यस समय गोगलाई गाडन इस्राएलमा एउटा ठाँउ छान्नेछु। त्यो खार समुद्रको पूर्वमा यात्रीहरूको बेंसीमा गाडिनेछ। यसले यात्रीहरूको बाटो रोक्नेछ। किन? किनकि गोग अनि त्यसको सारा सेनाहरू त्यस ठाँउमा गाडिनेछन्! मानिसहरूले यसलाई ‘गोगको सेनाहरूको बेंसी भन्नेछन्।’

इजकिएल 39:22

तब त्यस दिन पछि इस्राएलका घरानाले जान्नेछन् कि म नै परमेश्वर तिनीहरूका परमप्रभु हुँ।

दानियल 4:34

तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।

होशे 2:16

परमप्रभु भन्नुहुन्छ।“त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ।

होशे 2:18

“त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिडने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्।

होशे 2:21

अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।”परमप्रभु भन्नुहुन्छ, “म आकाशलाई भन्नेछु अनि उसले धर्तीलाई पानी दिनेछ।

Interlinear

Choose Theme