Home Bibles ☰ Books यशैया 31:5 · नेपाली बाइबल
यशैया 31:5 · नेपाली बाइबल

चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।

Cross references

प्रस्थान 12:27

तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो। यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्।”‘

प्रस्थान 19:4

‘तिमीहरुले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ।

व्यवस्था 32:11

इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।

2 राजा 19:34

म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”

भजनसंग्रह 37:40

परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।

भजनसंग्रह 46:5

परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।

भजनसंग्रह 46:6

जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।

भजनसंग्रह 91:4

तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।

यशैया 10:14

मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन्। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”

यशैया 35:4

मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो हौऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।

यशैया 37:35

म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु, यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”

यशैया 38:6

म तिमी र तिम्रो यस शहरलाई अश्शूरका राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।”‘22तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”

जकरिया 9:8

म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”

Interlinear

Choose Theme