Home Bibles ☰ Books एज्रा 2:43 · नेपाली बाइबल
एज्रा 2:43 · नेपाली बाइबल

यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

Cross references

गन्ती 3:9

“लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

1 इतिहास 9:2

सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

एज्रा 2:58

समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

एज्रा 7:7

इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।

एज्रा 8:17

अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

एज्रा 8:20

अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

नहेम्याह 3:26

अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।

नहेम्याह 7:46

मन्दिरका सेवकहरूःसीहा, हसूपा, तब्बाओत।

नहेम्याह 10:28

बाँकीरहेका मानिसहरू, पूजाहारीहरू लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू, परमेश्वरको व्यवस्था पालन गर्नको निम्ति वरिपरि भूमिका मानिसहरू बाट स्वयंलाई पृथक गरेका मानिसहरू, तिनीहरूका पत्नी र छोरा छोरीहरू, बुझ्न सक्ने सबै जना तिनीहरूका आफन्त,

नहेम्याह 11:21

मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।

Interlinear

Choose Theme