सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।
Cross references
यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेसरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए।
यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।
अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।
शबै मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका कुलहरू 392
जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।
तिनीहरूका अगुवाहरू सँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।
यिनीहरू ग्रामीण अगुवाहरू हुन् जो यरूशलेममा बस्थे। तर यहूदाको शहरहरूमा, सबैजना तिनीहरूको शहरहरूमा आफ्ना सम्पत्तिमा बस्थे इस्राएलका केही मानिसहरू, इस्राएल पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूका सन्तानहरू।