Home Bibles एज्रा 8:20 · नेपाली बाइबल
एज्रा 8:20 · नेपाली बाइबल

अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

Cross references

गन्ती 3:9

“लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

1 इतिहास 9:2

सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

एज्रा 2:43

यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

एज्रा 7:7

इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।

एज्रा 8:17

अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

फिलिप्पी 4:3

मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमातिमीहरूको नाउँपनि राखिएकोछ।

Interlinear

Choose Theme