Home Bibles ☰ Books एज्रा 8:17 · नेपाली बाइबल
एज्रा 8:17 · नेपाली बाइबल

अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

Cross references

प्रस्थान 4:15

ऊ तिमीसंग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ।

गन्ती 8:22

त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावारी थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।

गन्ती 18:6

हेर! म आफैले ती तिम्रा दाज्यू-भाइ लेवीहरू इस्राएलका मानिसहरूको बीचबाट लिएकोछु। भेट हुने पालमा काम गर्नको निम्ति ती तिम्रो निम्ति बलि हुन्।

व्यवस्था 18:18

म तिमीहरूका लागि तिमीहरू जस्तै एकजना अगमवक्ता पठाउँनेछु अनि त्यो अगमवक्ता तिनीहरूमाझ एकजना मानिस हुनेछ। उसले मानिसहरूलाई के भन्नु पर्छ त्यो म बताउनेछु र उसले मानिसहरूलाई मेरा प्रत्येक आदेश बताउनु पर्छ।

2 शमूएल 14:3

राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

2 शमूएल 14:19

राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्।

1 इतिहास 23:3

दाऊदले तीस र्बष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।

1 इतिहास 23:26

यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

एज्रा 2:43

यिनीहरू मन्दिरका सेवकहरूःसीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।

एज्रा 2:58

समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।

एज्रा 7:7

इस्राएलका केही मानिसहरू केही पूजाहारीहरू, लेवीहरू गवैयाहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू।

यर्मिया 1:9

तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।

यर्मिया 15:19

तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।

तीतस 1:5

मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे

Interlinear

Choose Theme