Home Bibles ☰ Books इजकिएल 42:1 · नेपाली बाइबल
इजकिएल 42:1 · नेपाली बाइबल

तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।

Cross references

इजकिएल 40:2

दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।

इजकिएल 40:17

तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।

इजकिएल 40:20

तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।

इजकिएल 40:24

तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।

इजकिएल 41:1

त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।

इजकिएल 41:9

छेउको कोठाको बाहिरी पर्खाल पाँच हात बाक्लो थियो। त्यहाँ मन्दिरको छेउको कोठाहरूको बीचमा एउटा खुल्ला क्षेत्र थियो।

इजकिएल 41:10

अनि पूजाहारीको कोठाहरूको बीच खुला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो।

इजकिएल 41:12

पश्चिम पट्टिको भवनको चोकको छेउको मन्दिरको चौडा सत्तरी हात थियो। भवनको भिताको चारैतिर पाँच हात बाक्लो थियो। त्यसको लम्बाइचाहिं नब्बे हात थियो।

इजकिएल 42:4

त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।

इजकिएल 42:10

बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।

इजकिएल 42:13

त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।

प्रकाश 11:2

तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।

Interlinear

Choose Theme