Home Bibles इजकिएल 40:17 · नेपाली बाइबल
इजकिएल 40:17 · नेपाली बाइबल

तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।

Cross references

प्रस्थान 27:9

“पवित्र पालको आँगन हुनपर्छ। एक सय हात लामो एउटा पर्दा लगाएर आँगन बनाऊ यो दक्षिण भागमा हुनुपर्छ। त्यो पर्दा राम्रोसंग बुनेको सुतीको लुगाले बनाउनु पर्छ।

1 राजा 6:5

तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

2 राजा 23:11

बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।

1 इतिहास 9:26

चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो।

1 इतिहास 23:28

लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।

2 इतिहास 31:11

तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।

इजकिएल 10:5

तब मैले करूब स्वर्गदूतको जोडसित पंखेटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो।

इजकिएल 40:38

एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे।

इजकिएल 41:6

छेउको कोठामा तीनवटा विभिन्न तला थियो। त्यो एक अर्कोमाथि थियो। हरेक तलाहरूमा तीस कोठा थियो। छेउको कोठा चारैतिरको पर्खालमा अडिएको थियो। यसकारण मन्दिरको पर्खाल स्वंय कोठाहरूमा अडाएको थिएन।

इजकिएल 42:1

तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।

इजकिएल 42:4

त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।

इजकिएल 45:5

दोस्रो क्षेत्र 25,000 हात लामो अनि दश हात 10,000 चौडा ती लेवीहरूका निम्ति हुन्छ जो मन्दिरमा सेवा गर्छन्। यो जमीन पनि लेवीहरूको बस्ने शहरको निम्ति हुनेछ।

इजकिएल 46:21

त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो।

प्रकाश 11:2

तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।

Interlinear

Choose Theme