Home Bibles ☰ Books इजकिएल 41:1 · नेपाली बाइबल
इजकिएल 41:1 · नेपाली बाइबल

त्यो मानिसले मलाई मन्दिरको बाहिरी पवित्र स्थानमा ल्यायो। उसले यसको प्रत्येक स्तम्भ नाप्यो। त्यो सबैतिर छ हात मोटो थियो।

Cross references

1 राजा 6:1

तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबकोमहिना थियो।

1 राजा 6:2

मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।

इजकिएल 40:2

दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।

इजकिएल 40:9

यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो।

इजकिएल 40:17

तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।

इजकिएल 41:3

तब त्यो मानिस भित्र गयो अनि प्रत्येक द्वार-स्तम्भ नाप्यो। प्रत्येक द्वार-स्तम्भ दुइ हात बाक्लो थियो। प्रवेशद्वारको छ हात चौडा थियो। प्रवेशद्वारको प्रत्येक पट्टिको पर्खाल सात हात फराकिलो थियो।

इजकिएल 41:21

पवित्र स्थानको द्वार-स्तम्भ वर्गाकार थियो। महापवित्र स्थानको अघाडी पट्टि केही चीज थियो।

इजकिएल 41:23

बाहिर पवित्र स्थान अनि महापवित्र स्थानको दुइपाटे द्वार थियो।

जकरिया 6:12

उसलाई भन, ‘सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ, “त्यहाँ एकजना मानिस छ जसलाई ‘हाँगो’ भनिन्छ। त्यो ‘हाँगो’ जहाँछ त्यहाँबाट निकालिने छ र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।

एफिसी 2:20

तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।

1 पत्रुस 2:5

तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।

प्रकाश 3:12

मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

प्रकाश 11:1

त्यसपछि मलाई नाप्ने दण्ड जस्तै एउटा देक्ने लट्ठी दिइयो। मलाई भनियो, “जाऊ अनि परमेश्वरको मन्दिरको वेदीको नाप लेऊ, अनि त्यहाँ पूजा गर्नेहरुको संख्या गन्ती गर।

प्रकाश 21:3

मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।

प्रकाश 21:15

त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।

Interlinear

Choose Theme