Home Bibles इजकिएल 42:13 · नेपाली बाइबल
इजकिएल 42:13 · नेपाली बाइबल

त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।

Cross references

प्रस्थान 29:31

“हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको भेडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ।

लेवी 2:3

बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

लेवी 2:10

अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

लेवी 6:14

“अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।

लेवी 6:19

परमप्रभुले मोशालाई भन्नुभयो,

लेवी 6:25

“हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुकोअघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।

लेवी 6:29

“पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

लेवी 7:1

“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।

लेवी 7:6

“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।

लेवी 10:3

त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।

लेवी 10:13

अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।

लेवी 10:17

“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

लेवी 14:13

उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।

लेवी 21:22

त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।

लेवी 24:9

हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”

गन्ती 1:9

जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;

गन्ती 16:5

त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।

गन्ती 16:40

तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।

गन्ती 18:7

तर तिमी र तिम्रो छोराहरू मात्र पूजाहारीको रूपमा सेवा गर्नलाई अनि वेदीको छेउ र पर्दाभित्र जान अनि म तिमीलाई एउटा उपहार दिंदैछु, त्यो तिम्रो पूजाहारीत्व। तर यदि कुनै व्यक्ति पवित्र स्थानको नजिकमा आयो भने त्यो मारिओस्।”

गन्ती 18:9

वेदीहरूबाट पाइने वस्तुहरूमा यो सब भन्दा पवित्र वस्तु हो। मानिसहरूले अन्नबलि, पापबलि, दोषबलिहरू ल्याउँछन्। यी बलिहरू महा पवित्र बलिहरूको र नपाकिएको भागबाट तिमीले आफ्नो अंश पाउनेछौ। ती सब तिमी र तिम्रा छोराहरूको हुनेछन्।

व्यवस्था 21:5

पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)

नहेम्याह 13:5

अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।

इजकिएल 40:46

तर त्यो कोठा जसको दलान उत्तरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निम्ति हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निम्ति हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैसित बलि ल्याएर गर्न सक्छ।”

इजकिएल 42:10

बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।

Interlinear

Choose Theme