तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।
Cross references
त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।
तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।
त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।
पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात,
“जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ।