त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।
Cross references
शालेमका राजा पनि मल्कीसेदेक रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए।
त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।
म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”
तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”
याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)
त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ‘ओन’ शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।
त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।
मोशाका ससूरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।
शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्रीहरूलाई बाटोमा भेंटे जो पानी भर्न आएका थिइन्। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)