तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”
Cross references
यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।
यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।
दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।
दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”
योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।