याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)
Cross references
तब नोकरको प्रार्थना शेष हुनअघि नै रिबेका नाउँ भएकी एउटी कन्या त्यहाँ आई। रिबेका बतूएलकी छोरी थिइ। बतूएल अब्राहामको भाइ नाहोर अनि मिल्काको छोरो थियो। रिबेका आफ्नो काँधमा पानीको गाग्रो लिएर कूवामा आएकी थिइन।
मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।
त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।
मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।
म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?