Home Bibles ☰ Books 1 शमूएल 9:11 · नेपाली बाइबल
1 शमूएल 9:11 · नेपाली बाइबल

शाऊल र तिनका नोकर पहाड उक्लँदै शहरतिर जाँदै थिए। तिनीहरूले केही जवान स्रीहरूलाई बाटोमा भेंटे जो पानी भर्न आएका थिइन्। शाऊल र तिनका नोकरले ती ठिटीहरूलाई सोधे, “के दर्शी घरैमा हुनुहुन्छ?” (प्राचीन समयमा अगमवक्तालाई “दर्शी” भन्थे।)

Cross references

उत्पत्ति 24:11

त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।

उत्पत्ति 24:18

रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।

प्रस्थान 2:16

त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।

न्यायकर्ता 5:11

पशुहरूको लागि पानी भएको खाडलहरूमा हामी झ्याम्टाको सङ्गीत सुन्दछौ। मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए, त्यस विषयमा गाउँछन्।

हितोपदेश 24:15

एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।

Interlinear

Choose Theme