Home Bibles प्रस्थान 3:1 · नेपाली बाइबल
प्रस्थान 3:1 · नेपाली बाइबल

त्यस समय मोशा उसको ससूराका भेडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेडाहरू मरूभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

Cross references

प्रस्थान 2:16

त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।

प्रस्थान 2:18

तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

प्रस्थान 2:21

मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।

प्रस्थान 3:5

तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल।

प्रस्थान 4:18

तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”

प्रस्थान 4:27

परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरूभूमिमा जाऊ अनि मोशालाई भेट।”यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।

प्रस्थान 17:6

म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

प्रस्थान 18:1

मोशाका ससूरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।

प्रस्थान 18:5

यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरूभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।

प्रस्थान 19:2

तिनीहरू रपीदीमबाट सीनै मरूभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरूभूमिमा बनाए।

प्रस्थान 19:3

तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन,

प्रस्थान 19:11

अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्।

प्रस्थान 24:13

यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।

प्रस्थान 24:15

तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।

गन्ती 10:29

मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”

गन्ती 10:33

होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।

व्यवस्था 1:6

“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ।

व्यवस्था 4:10

होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’

न्यायकर्ता 4:11

अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो।

1 शमूएल 16:11

शमूएले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति नै हुन्?”यिशैले भने, “होइन अर्को छोरा छ सब भन्दा कान्छो, तर अहिले भेडा चराउँदैछ।”शमूएलले भने, “उसलाई यहाँ तुरून्तै लिन पठाऊ। उ नआइञ्जेल सम्म हामी खान बस्ने छैनौं।”

1 राजा 19:8

यसकारण एलिया उठे। उनले खाए अनि पिए। खाद्यले एलियालाई चालीस दिन र चालीस रात होरेब पुगुञ्जेल हिँड्नु पर्याप्त बलियो बनायो, परमेश्वरको पर्वत होरेबतिर हिंडेर गए।

1 राजा 19:19

यसकारण एलियाले त्यो ठाउँ छोेडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।

भजनसंग्रह 78:70

परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।

भजनसंग्रह 106:19

ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!

आमोस 1:1

आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामाभुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

आमोस 7:14

तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरुरूँग्ने मानिस हुँ।

मलाकी 4:4

“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”

मत्ती 4:18

गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।

लूका 2:8

त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।

Interlinear

Choose Theme