Home Bibles उत्पत्ति 24:14 · नेपाली बाइबल
उत्पत्ति 24:14 · नेपाली बाइबल

म विशेष एउटा चिन्हको निम्ति हेरिरहनेछु जसद्वारा म जान्न सकूँ कुन चाँहि केटी इसहाकको निम्ति असल हुन सक्छे। यो एउटा विशेष चिन्ह होः म कन्यालाई भन्नेछु ‘दया गरी पानीको गाग्री तल राख म पानी पिउन सकूँ।’ जब त्यस कन्याले भन्‌छिन्, ‘लौ पानी खाऊ, म तपाईंको ऊँटलाई पनि पानी दिन्छु,’ तब मलाई यो पक्का हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य छे। यदि यस्तो भयो तपाईंले प्रमाणित गराई दिनु हुन्छ त्यो कन्या इसहाकको निम्ति योग्य हुन्छे अनि म पनि यो सम्झनेछु तपाईंले मेरा मालिक अब्राहामको निम्ति दया गर्नु भयो।”

Cross references

उत्पत्ति 15:8

तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”

उत्पत्ति 24:19

उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।”

उत्पत्ति 24:44

योग्य केटीले विशेष प्रकारले उत्तर दिन्‌छे। उनले भन्छे, “यो पानी पिउनु होस-अनि म तपाईंका ऊँटलाई पनि पानी दिन्छु।” त्यस प्रकारले म चाल पाउनेछु परमप्रभुले मेरा मालिकको छोरोको निम्ति रोज्नु भएको दुलही यही केटी हुनु पर्छ।’

प्रस्थान 4:1

तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट भएनन्?”

न्यायकर्ता 6:17

तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।

न्यायकर्ता 6:37

म भेडको ऊन ढीकीमाराख्नेछु। यदि भेडको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुक्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

न्यायकर्ता 7:13

गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

न्यायकर्ता 18:5

यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”

1 शमूएल 6:7

“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।

1 शमूएल 10:2

आज तपाईंले मबाट बिदा भएर जानु भएपछि बिन्यामिनीको सिमानामा भएको राहेलको चिहाननेर सेलमहमा दुइजना मानिसहरू भेट्टाउनु हुनेछ। ती दुइजना मानिसहरूले भन्नेछन्, ‘तपाईंले खोजिरहनु भएको गधाहरू कसैले पाएको छ। तपाईंका पिता गधाहरूबारे चिन्तित हुन छाडेर तपाईंको निम्ति सुर्ता गर्दै भन्दै हुनुहुन्छ, अब म मेरो छोराको लागि के गरूँ?”‘

1 शमूएल 14:8

जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं।

1 शमूएल 14:10

तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढछौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”

1 शमूएल 20:7

यदि तिम्रा पिताले ठीक छ ‘भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ।

2 शमूएल 5:24

पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”

2 शमूएल 20:9

योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

2 राजा 20:8

हिजकियाहले यशैयाहलाई भने, “परमप्रभुले मलाई निको पार्नुहुनेछ त्यसको संकेत के हुनेछ अनि मैले तेस्रो दिन माथि परमप्रभुको मन्दिरमा जानु पर्नेछ?”

हितोपदेश 19:14

धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।

यशैया 7:11

परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउन सक्छ।”

रोमी 1:10

परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिइयोस। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्।

Interlinear

Choose Theme