Home Bibles ☰ Books उपदेशक 2:8 · नेपाली बाइबल
उपदेशक 2:8 · नेपाली बाइबल

मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। म सित थुप्रै नाच्ने-गाउने स्त्री-पुरूषहरू थिए।

Cross references

2 शमूएल 19:35

म 80 वर्षको मानिस हूँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?

1 राजा 9:14

हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।

1 राजा 9:28

सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

1 राजा 10:10

तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।

1 राजा 10:14

राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडासुन प्राप्त गर्दथे।

1 राजा 10:21

सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।

1 राजा 11:3

सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।

1 राजा 14:21

त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।

1 राजा 14:27

यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

1 इतिहास 25:1

दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

1 इतिहास 25:6

हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो।

2 इतिहास 9:11

राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।

2 इतिहास 9:15

राजा सुलेमानले पिटेका सुनको 200 वटा ठूल ठूला ढालहरू बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 600 शेकेल पिटेको सुन प्रयोग गरियो।

एज्रा 2:65

अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए।

अय्यूब 21:11

दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

भजनसंग्रह 150:3

नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर।

उपदेशक 1:2

उपदेशकको भनाइ छ; सबै थोक व्यर्थैका छन र अकारथ छ।अर्थात् सब कुरा व्यर्थ छ।

दानियल 3:5

जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ।

दानियल 3:7

यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।

दानियल 3:15

अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”

Interlinear

Choose Theme