मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गोरू र भेडा बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।
Cross references
यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए।
अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”
जब केटो आठ दिनको हुन्छ, तैंले उसको खतना गर्नु पर्छ। तेरो घरमा जन्मिने कमाराको प्रत्येक केटो अनि विदेशीहरूबाट किनेका सबै पुरूष कमाराहरूलाई पनि खतना गर्नु पर्छ।
मुरी राम्रो पिठो,60 मुरी अन्न,10 वटा राम्रो अन्न खाने गाईहरू,20 वटा मैदानमा पालीएको गाईहरू,100 वटा भेडाहरू,जंगली जनावरहरू जस्तो मृग, जराया,चित्तल अनि शिकार गरिएका चराहरू।
ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।
मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।
शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।
हगरीका याजीज भेडा-बाख्राहरूका जिम्मामा थिए।यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।
उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।
हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।
सुलेमानका सेवकहरूका सन्तानहरूःसोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
सुलेमानका सेवकहरूका कुलहरूःसोतैइ, सोपेरेत, परीदा