यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।
Cross references
शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
अनि राजाले आफ्ना छेऊमा उभिएको रक्षकलाई आदेश दिए, “जाऊ, परमप्रभुका ती पूजाहारीहरूलाई मार। यसो गर्नै पर्छ कारण तिनीहरू दाऊदका मानिसहरू हुन्। दाऊद भाग्दै थियो भन्ने जान्दा जान्दै पनि तिनीहरूले मलाई बताएनन्।” तर राजाका अधिकारीहरूले परमप्रभुका ती पूजाहारीहरूलाई मार्न अस्वीकार गरे।
त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे।
त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो।
तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।
परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।
सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।
पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।
हेर सुन कसरी फिका भयो। हेर असली सुन कसरी बद्लियो। त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्। तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।