दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
Cross references
त्यहाँबाट तपाईं गिबियत एलोहिम जानुपर्छ। त्यहाँ पलिश्तीहरूको एउटा चौकी छ। जब तपाईं त्यस शहरमा पुग्नुहुन्छ केही अगमवक्ताहरू निक्लदै गरेको भेट्नु हुनेछ। ती अगमवक्ताहरू आराधनास्थानबाट झर्दै गरेका हुनेछन्। तिनीहरूले अगमवाणीहरू बोलिरहेका हुनेछन्। तिनीहरूले खैंजडी, ढोलक, बाँसुरी र वीणा बजाउँदै गरेका हुनेछन्।
सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गाी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।
तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।”जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।
लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।
आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।
मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।
सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनकि थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।
दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।
दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाईहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।
सङ्गीतकार हेमान, आसाप अनि एतानले काँसाका झ्यालीहरू बजाए।
यसरी इस्राएलका सबै मानिसहरूले करारको सन्दूक ल्याए। तिनीहरूले जय-जयकार गरे, तिनीहरूले नरसिङ्गा तुरहीहरू र झ्याली, वीणा अनि साराङ्गीहरू बजाए।
तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।
हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।
चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।
यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोगगरे।
पहिलो-आसापका छोराहरू (योसेफ) अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।
लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।
सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।
छःवर्ष पछि यहोयादले आफ्नो पराक्रम देखाए। तिनले सेना नायकहरूसित सन्धि गरे। ती सेना नायकहरू-यरोहामका छोरा अजर्याह, यहोहानाका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह अनि जिक्रीका छोरा एलीशापात थिए।
पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।
तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”
तब यहोयादाले परमप्रभुको जिम्मामा रहने पूजाहारीहरू चुने। ती पूजाहारीहरू लेवीहरू थिए अनि दाऊदले तिनीहरूलाई परमप्रभुको मन्दिरको जिम्मामा रहने काम दिएका थिए। ती पूजाहारीहरूले मोशाका व्यवस्थाका आदेश अनुसार परमप्रभुलाई होमबलि अर्पण गर्नु पर्ने थियो। तिनीहरूले दाऊदका आदेश अनुसार अति खुशी साथ गाउँदै बलि अर्पण गरे।
मरारीका परिवारबाट अब्दीका छोरा कीश अनि यहल्लेलका छोरा अजर्याह थिए। गेर्शोनका परिवारबाट जीम्माका छोरा योआह अनि योआहका छोरा एदेन थिए।
एलीसापानका परिवारहरूबाट शिम्री अनि यूएल थिए। आसापका परिवारहरूबाट जकर्याह अनि मत्तन्याह थिए। हेमानका परिवारहरूबाट यहूएल अनि शिमी थिए। यदूतूनका परिवारहरूबाट शमायाह अनि उज्जीएल थिए।
राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
पूजाहारी अनि लेवीहरू समूहहरूमा विभक्त गरिएका थिए अनि प्रत्येक समूहले गर्नु पर्ने आफ्नै विशेष कामहरू थिए। यसर्थ राजा हिजकियाहले यी समूहहरूलाई आफ्ना कामहरू गर्न शुरू गर्नु भने। यसर्थ पूजाहारी अनि लेवीहरूले फेरि होमबलि अनि मेलबलि चढाउने काम गर्न थाले। अनि तिनीहरूको काम मन्दिरमा सेवा गर्नु, अनि गाउनु अनि परमप्रभुको मन्दिरको द्वारमा परमेश्वरको स्तुति गर्नु थियो।
मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए।
गायकहरूःआसापका सन्तानहरू 128
जब निर्माणकर्त्ताहरूले परमप्रभुको मन्दिरको जग बसाए तब पूजाहारीहरूले आफ्ना विशेष वस्त्र लगाएर हातमा तुरही लिए अनि लेवीहरूले आफ्ना झ्याम्टाहरूको साथ, इस्राएलका राजा दाऊदको निर्देश अनुसार परमप्रभुको स्तुति गर्न आफ्नो स्थान ग्रहन गरे।
तिनीहरूले यरूशलेममा परमेश्वरको मन्दिरमा सेवाका निम्ति मोशाको पुस्तकमा लेखिए अनुसार पूजाहारीहरूलाई र तिनीहरूका विभागमा अनि लेवीहरूलाई तिनीहरूका वर्गमा स्थापित गरे।
अनि मतन्याह मीकाका छोरा, जब्दीका छोरा आसापका छोरा, स्तुतिका अगुवा जसले प्रार्थनामा धन्यवाद ज्ञापन गरे, अनि बकबुक्याह तिनका सहयोगीहरूमा दोस्रो अनि अब्दा शम्मूअका छोरा गालालका छोरा यदूतूनका छोरा।
लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।
जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।
त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे।
संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।