Home Bibles 1 राजा 9:28 · नेपाली बाइबल
1 राजा 9:28 · नेपाली बाइबल

सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

Cross references

उत्पत्ति 10:29

ओपीर, हवीला अनि योबाबको पिता थिए। यी सबै मानिसहरु योक्तानका छोराहरू थिए।

1 राजा 10:11

हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।

1 राजा 10:14

राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडासुन प्राप्त गर्दथे।

1 राजा 22:49

अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।

1 इतिहास 1:23

तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।

1 इतिहास 29:4

मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो।

2 इतिहास 8:18

हूरामले सुलेमानलाई जहाजहरू पठाए। हूरामका आफ्नै मानिसहरूले जहाज चलाए। हूरामका मानिसहरू समुद्रमा जहाज चलाउन सिपालु थिए। हूरामका मानिसहरू सुलेमानका सेवकहरूसित ओपीरमा गए अनि चार सय पचास तोडा सुन लिएर सुलेमान कहाँ फर्की आए।

2 इतिहास 9:10

हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य ढुङ्गाहरू पनि ल्याए।

अय्यूब 22:24

सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।

अय्यूब 28:16

तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।

भजनसंग्रह 45:9

लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्। तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

भजनसंग्रह 45:10

हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।

उपदेशक 2:8

मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। म सित थुप्रै नाच्ने-गाउने स्त्री-पुरूषहरू थिए।

यशैया 13:12

त्यहाँ केही मानिसहरू मात्र छोडिनछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्।

Interlinear

Choose Theme