Home Bibles ☰ Books उत्पत्ति 15:3 · नेपाली बाइबल
उत्पत्ति 15:3 · नेपाली बाइबल

अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।”

Cross references

उत्पत्ति 12:2

म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।

उत्पत्ति 13:16

म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।

उत्पत्ति 14:14

जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्‌दै गए।

हितोपदेश 13:12

पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

हितोपदेश 29:21

यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैं दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन।

हितोपदेश 30:23

माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।

उपदेशक 2:7

मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गोरू र भेडा बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

यर्मिया 12:1

हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

हिब्रू 10:35

यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।

Interlinear

Choose Theme