Home Bibles 2 इतिहास 32:27 · नेपाली बाइबल
2 इतिहास 32:27 · नेपाली बाइबल

हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।

Cross references

1 शमूएल 2:7

परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

1 इतिहास 27:25

यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएःअज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

1 इतिहास 29:28

दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

2 इतिहास 1:12

यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”

2 इतिहास 9:27

राजा सुलेमानसित यति विघ्नचाँदी थियो कि त्यो यरूशलेमका ढुँङ्गाहरू जस्तै थियो। अनि तिनी सित यति धेरै देवदारका काठहरू थिए कि त्यो पार्वत्य देशहरूका अन्जीरका रूखहरू जस्तै साधरण थिए।

2 इतिहास 17:5

परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो।

हितोपदेश 10:22

परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।

Interlinear

Choose Theme