Home Bibles ☰ Books प्रेरित 13:36 · नेपाली बाइबल
प्रेरित 13:36 · नेपाली बाइबल

दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसंग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो।

Cross references

उत्पत्ति 3:19

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 इतिहास 11:2

अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।”

1 इतिहास 13:2

तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।

1 इतिहास 15:12

दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।

1 इतिहास 15:25

दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।

1 इतिहास 17:11

जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

1 इतिहास 18:14

दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।

1 इतिहास 22:1

दाऊदले भने, “परमप्रभु परमेश्वरको मन्दिर अनि इस्राएलका मानिसहरूका निम्ति भेटीहरू जलाउने बेदी यहाँ निर्माण गरिने छ।”

2 इतिहास 9:31

त्यसपछि सुलेमानले आफ्ना पुर्खाहरूसित विश्राम लिए। मानिसहरूले तिनलाई तिनका पिता दाऊदको शहरमा गाडिदिए। सुलेमानका छोरा रहबाम सुलेमानको स्थानमा नयाँ राजा भए।

2 इतिहास 12:16

रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

2 इतिहास 21:1

तब, यहोशापातको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। तिनलाई दाऊदका शहरमा गाडि दिए। योराम यहोशापातको स्थानमा नयाँ राजा भए। योराम यहोशापातका छोरा थिए।

Interlinear

Choose Theme