Home Bibles 1 इतिहास 17:11 · नेपाली बाइबल
1 इतिहास 17:11 · नेपाली बाइबल

जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।

Cross references

उत्पत्ति 15:15

“तर जहाँसम्म तेरो कुरा छ, तँ मनग्गे बाँच्नेछस्। तँ शान्तिपूर्वक मर्नेछस् अनि तँ त्यहीं गाडिनेछस् जहाँ तेरा पिता-पुर्खाहरूलाई गाडिएको थियो।

व्यवस्था 31:16

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

2 शमूएल 12:24

त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।

1 राजा 1:21

तपाईंको मृत्यु अघि नै तपाईंले केही गर्नु पर्छ। तपाईंले केही गर्नु भएन भने, मृत्युपछि तब तपाईं तपाईंको पिता-पुर्खासित गाडिनु भए पछि, मेरो छोरा सुलेमान र म अपराधी ठाहरिनेछौं।”

1 राजा 2:10

तब दाऊदको चोला उठ्यो। उनलाई दाऊदशहरमा गाडीयो।

1 राजा 8:19

तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’

1 राजा 8:20

“यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।

1 इतिहास 28:5

परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।

1 इतिहास 29:15

किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं। यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाया जस्तो हामी यसलाई रोक्ने आशा गर्देनौ।

1 इतिहास 29:28

दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

2 इतिहास 6:9

तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’

भजनसंग्रह 89:5

हे परमप्रभु, पवित्र जनहरूको सभामा स्‍वर्गले तपाईंका आश्‍चर्यकर्मको र तपाईंका विश्‍वस्‍तताको समेत प्रशंसा गर्दछ।

भजनसंग्रह 132:11

परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।

यर्मिया 23:5

परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।

प्रेरित 2:29

“मेरा दाज्यु-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसंग छ।

प्रेरित 13:36

दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसंग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो।

रोमी 1:3

सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो।

Interlinear

Choose Theme