Home Bibles ☰ Books 2 इतिहास 12:16 · नेपाली बाइबल
2 इतिहास 12:16 · नेपाली बाइबल

रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

Cross references

1 राजा 14:29

राजा रहबामले जे कामहरू गरे त्यो सबै ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा’ लिखित छ।

1 इतिहास 3:10

सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

2 इतिहास 11:20

तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।

2 इतिहास 13:1

जब राजा यारोबाम अठाह्रौं वर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए।

मत्ती 1:7

सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।

Interlinear

Choose Theme