Home Bibles ☰ Books 2 इतिहास 26:23 · नेपाली बाइबल
2 इतिहास 26:23 · नेपाली बाइबल

उज्जियाहको मृत्यु भयो अनि आफ्ना पिता-पुर्खाहरूका छेउमा गाडिए। उज्जियाहलाई राजाको चिहान नजिकको खुल्ला मैदानमा गाडे। किनभने मानिसहरूले भने, “उज्जियाहलाई कोर निस्केको छ।” अनि उज्जियाहको स्थानमा योताम नयाँ राजा भए। योताम उज्जियाहका छोरा थिए।

Cross references

2 राजा 15:6

सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।

2 इतिहास 21:20

योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

2 इतिहास 26:18

तिनीहरूले उज्जियाहलाई भने तपाईंले गल्ती गर्नु हुँदैछ। तिनीहरूले तिनलाई भने, “उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने यो तपाईंको काम होइन। यसो गर्नु तपाईंको निम्ति असल छैन। पूजाहारीहरू अनि हारूनका सन्तानहरूले मात्र परमप्रभुको निम्ति धूप बाल्ने गर्छन्। यी पूजाहारीहरूलाई पवित्र सेवाका निम्ति धूप बाल्न प्रशिक्षित तुल्याइएका छन्। तपाईं यो महा पवित्र स्थानबाट बाहिर जानु होस्। तपाईं विश्वसनीय हुनु भएको छैन। परमप्रभु परमेश्वरले यसका निम्ति तपाईंको सम्मान गर्नु हुने छैन।”

2 इतिहास 27:1

योताम राजा हुँदा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष शासन गरे। तिनकी आमाको नाउँ यरूशा थियो। यरूशा सादोककी छोरी थिइन्।

2 इतिहास 28:27

आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

2 इतिहास 33:20

यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।

यशैया 6:1

राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।

Interlinear

Choose Theme