Home Bibles 2 शमूएल 21:19 · नेपाली बाइबल
2 शमूएल 21:19 · नेपाली बाइबल

फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।

Cross references

1 शमूएल 17:4

पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।

1 शमूएल 17:7

भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।

2 शमूएल 23:24

योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्,

1 इतिहास 11:26

पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाई असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान;

1 इतिहास 20:5

फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

Interlinear

Choose Theme