भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।
Cross references
पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंडूदै थियो।
इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।
फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।
अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसंग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।
फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।