Home Bibles 1 इतिहास 20:5 · नेपाली बाइबल
1 इतिहास 20:5 · नेपाली बाइबल

फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

Cross references

1 शमूएल 17:4

पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।

1 शमूएल 17:7

भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।

1 शमूएल 21:9

दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”

1 शमूएल 22:10

अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।”

2 शमूएल 21:19

फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।

Interlinear

Choose Theme