2 शमूएल 21:20 · नेपाली बाइबल
गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो।
Cross references
2 शमूएल 21:16
इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।
2 शमूएल 21:18
पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।
1 इतिहास 20:6
पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो।