Home Bibles 2 शमूएल 23:24 · नेपाली बाइबल
2 शमूएल 23:24 · नेपाली बाइबल

योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्,

Cross references

2 शमूएल 2:13

सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।

2 शमूएल 2:18

सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।

2 शमूएल 21:19

फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।

1 इतिहास 11:26

पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाई असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान;

1 इतिहास 27:7

चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

Interlinear

Choose Theme