Home Bibles 2 शमूएल 21:18 · नेपाली बाइबल
2 शमूएल 21:18 · नेपाली बाइबल

पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।

Cross references

2 शमूएल 21:16

इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।

2 शमूएल 21:20

गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो।

2 शमूएल 21:22

यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।

1 इतिहास 11:29

सिब्बकै हुशाती; ईलै, अहोही;

1 इतिहास 20:4

पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।

1 इतिहास 27:11

आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

Interlinear

Choose Theme