Home Bibles 2 राजा 4:26 · नेपाली बाइबल
2 राजा 4:26 · नेपाली बाइबल

उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”

Cross references

उत्पत्ति 29:6

तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”

उत्पत्ति 37:14

यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।

उत्पत्ति 43:27

यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

लेवी 10:3

त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।

1 शमूएल 3:18

शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन् एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”

1 शमूएल 17:18

यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

2 राजा 4:23

आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”

अय्यूब 1:21

उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”

भजनसंग्रह 39:9

म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।

जकरिया 2:4

उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’

मत्ती 10:12

तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’

प्रेरित 15:36

केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

Interlinear

Choose Theme