Home Bibles ☰ Books उत्पत्ति 37:14 · नेपाली बाइबल
उत्पत्ति 37:14 · नेपाली बाइबल

यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।

Cross references

उत्पत्ति 13:18

यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

उत्पत्ति 23:2

अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।

उत्पत्ति 29:6

तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”

उत्पत्ति 35:27

याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बा (हेब्रोन)मा गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए।

उत्पत्ति 41:16

यूसूफले उत्तर दिए,“म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।“

उत्पत्ति 43:27

यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”

गन्ती 13:22

तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात वर्ष अघि बनिएको थियो।

यहोशू 14:13

यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए।

यहोशू 14:15

पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो।यहूदाका निम्ति भूमि

1 शमूएल 17:17

एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।

1 शमूएल 17:18

यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

1 शमूएल 17:22

दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।

2 शमूएल 18:32

राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

1 राजा 2:33

तिनीहरूको मृत्युका लागि ऊ अपराधी हुनेछ अनि उसको परिवार पनि सदाका लागि दोषी हुनेछ। तर परमेश्वरले दाऊद, उनका सन्तानहरू, उनको राज परिवार र उनको राज्यलाई सदा नै शान्ति दिनु हुनेछ।”

एस्तर 2:11

प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अघाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।

Interlinear

Choose Theme