Home Bibles जकरिया 2:4 · नेपाली बाइबल
जकरिया 2:4 · नेपाली बाइबल

उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ। किनभने त्यहाँ असंख्य मानिसहरु र पशुहरु बस्छन्।’

Cross references

यशैया 33:20

सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्।

यशैया 44:26

परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”

यशैया 49:20

तिमीहरू आफ्ना नानीहरू हराउँदा दुखी भएका थियौ तर ती नानीहरूले तिमीहरूलाई भन्नेछन् यो भूमि एकदम सानो छ। हामीलाई बस्न एउटा ठूलो ठाउँ दिनुहोस्।

यशैया 54:16

हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।

यर्मिया 1:6

तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”

यर्मिया 30:18

परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।

यर्मिया 31:24

मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।

यर्मिया 31:27

“हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।

यर्मिया 31:38

यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।

यर्मिया 33:10

“यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।

यर्मिया 33:22

तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

इजकिएल 36:10

तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्।

इजकिएल 38:11

तिमीले भन्छौ, ‘म त्यो देशमा आक्रमण गर्न जानेछु जसको शहर बिना पर्खालको छ। सुरक्षित छौं भनी उनीहरू सम्झन्‌छन् उनीहरूको रक्षाका निम्ति चारैतिर पर्खाल छैन। उनीहरूको दैलोमा ताला छैन, उनीहरूको दैलो पनि छैन।

दानियल 1:17

परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हेरक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले।

मीका 7:11

त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।

जकरिया 1:17

स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मेरो शहरमा फेरि उन्नति हुनेछ, परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ, उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।”

जकरिया 8:4

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेकने लौरोको आवश्यकता पर्नेछ।

जकरिया 12:6

त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।

जकरिया 14:10

त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

जकरिया 14:12

तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ।

1 तिमोथी 4:12

तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।

Interlinear

Choose Theme