यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
Cross references
यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।
यूसूफले उत्तर दिए,“म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।“
हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”
अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”
ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”
यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।
यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे।
दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।
दाऊदले दशजना युवकहरूलाई नाबालकहाँ पठाए। दाऊदले तिनीहरूलाई भने, “कर्मेलम जाऊ र नाबाललाई मेरो नाउँमा ‘अभिवादन’ गर।”
उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”
यसकारण तोऊले उसको छोरा हदोरामलाई दाऊद कहाँ उसलाई उसको विजयमा अभिनन्दन गर्न अनि बधाई दिन पठाए। तिनले यसो गरे किन भने दाऊद हदर-एजेरका विरूद्ध लडेका थिए अनि तिनलाई परास्त गरेका थिए। हदर-एजेरका अघि तोऊ सँग युद्ध गरेका थिए। हदोरामले दाऊदलाई सुन, चाँदी अनि कांसा द्वारा निर्मित धेरै किसिमका चीज बीजहरू दिए।