Home Bibles 1 राजा 7:21 · नेपाली बाइबल
1 राजा 7:21 · नेपाली बाइबल

हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।

Cross references

रूथ 2:19

तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।”तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”

रूथ 4:21

सलमोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए।

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

1 राजा 6:3

मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।

1 राजा 7:12

महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।

2 इतिहास 3:17

त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

2 इतिहास 4:13

हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।

यशैया 9:7

उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

यशैया 45:24

मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

इजकिएल 40:48

त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।

इजकिएल 40:49

दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।

मत्ती 16:18

यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

गलाती 2:9

याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”

प्रकाश 3:12

मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

Interlinear

Choose Theme