Home Bibles 2 इतिहास 4:13 · नेपाली बाइबल
2 इतिहास 4:13 · नेपाली बाइबल

हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए।

Cross references

प्रस्थान 28:33

पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ।

1 राजा 7:20

मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए।

1 राजा 7:21

हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।

1 राजा 7:42

जोख्नु उचित थिएन।

2 इतिहास 3:16

सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए।

श्रेष्ठगीत 4:13

तिम्रो शरीर दारीम जस्तै छ अनि अरू लोभ्याउने फलहरू, फूलहरू र मसलाहरूको बासनाले भरिएको बगैंचा झौं जटामसी केश दालचिनी,

यर्मिया 52:23

त्यस्का छेव-छैवमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

Interlinear

Choose Theme