मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।
Cross references
महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो।
हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।
त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।
सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।
त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।
त्यस मानिसले त्यो भवनको लम्बाई नाप्यो जसको चोक मन्दिरको पछि फर्केको थियो तथा जसको भिताहरू दुवैपट्टि थियो। यो एक सय हात लामो थिए।महापवित्र स्थानको भित्री कोठा अनि चोकको दलानको कोठा काठले ढाकिएको थियो।
त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।
अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्।