Home Bibles ☰ Books इजकिएल 40:49 · नेपाली बाइबल
इजकिएल 40:49 · नेपाली बाइबल

दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।

Cross references

1 राजा 6:3

मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौडाईको बराबर थियो।

1 राजा 7:15

हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्राा थिए अनि धातु तीन इञ्चमोटो थियो।

1 राजा 7:21

हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।

2 इतिहास 3:17

त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

यर्मिया 52:17

बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।

इजकिएल 40:31

प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए।

इजकिएल 40:34

त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूरको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँढीमा आठवटा खुड्किला थिए।

इजकिएल 40:37

बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए।

प्रकाश 3:12

मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

Interlinear

Choose Theme